Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
spot_img
19.1 C
Kathmandu

जसपा नेपालको संगठन निर्माण अभियानको समय थप

spot_img

काठमाडौँ,०३ जेष्ठ । जनता समाजवादी पार्टी (जसपा) नेपालको संगठन निर्माण अभियान जारी रहने भएको छ।

पार्टीको प्रचार प्रसार तथा प्रकाशन विभागका प्रमुख पूर्ण बस्नेतका अनुसार, वैशाख मसान्तसम्म सञ्चालन गर्ने भनिएको ‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियान’लाई निरन्तरता दिइने भएको छ। उनका अनुसार, “अभियानले पार्टीमा नयाँ उत्साह र ऊर्जा थपेको छ। वैशाख मसान्तभित्र अधिकांश स्थानीय तहका वडा समिति, पालिका समिति, जिल्ला समिति र भ्रातृ संगठनहरूको अधिवेशन सम्पन्न भएका छन्।

तर केही स्थानीय तह तथा पहिचानमा आधारित राष्ट्रिय समिति र प्रदेश समितिका अधिवेशनहरू अझै सम्पन्न हुन बाँकी भएकाले अभियानलाई निरन्तरता दिइने छ। यो अभियानको क्रममा विभिन्न तहमा अधिवेशन, पार्टी प्रवेश, अन्तरक्रिया, प्रशिक्षण कार्यक्रम, भेला, तथा पार्टी सदस्यता नवीकरण र वितरणजस्ता कार्यहरू सम्पन्न गरिएको उनले जानकारी दिए।

गत भदौदेखि जसपा नेपालले आफ्ना सबै केन्द्रीय समिति सदस्यहरूलाई नगर तथा गाउँपालिकाहरूको संगठन विस्तारको जिम्मेवारी दिँदै अभियान संचालन गरिरहेको छ। यस क्रममा केन्द्रीय कार्यकारिणी समिति सदस्यहरूले अनुगमनको भूमिका समेत निर्वाह गरिरहेका छन्। अभियानसँग सम्बन्धित थप निर्णय पार्टीको आगामी बैठकबाट लिइने बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once