Date
बिहि, बैशाख २४, २०८३
Thu, May 7, 2026
spot_img
17.1 C
Kathmandu

निजामती सेवासम्बन्धी विधेयकमा छलफल जारी, आजै पारित गर्ने तयारी

spot_img

काठमाडौं,२ जेष्ठ । निजामती सेवा विधेयकबारे संसदीय समितिमा छलफल जारी छ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले यो विधेयक आजै पास गर्ने तयारी गरेको छ ।

कर्मचारीले पाउने अवकाश उमेर कसरी लागू गर्ने भन्ने विषयमा छलफल चलिरहेको छ । अवकाश उमेर ६० वर्ष बनाउनेमा सहमति छ । तर, एकै पटक ६० वर्ष लागू वा नगर्ने भन्नेमा छलफल चलिरहेको छ ।

अवकाश पाएका कर्मचारीले अर्को नियुक्तिका लागि निश्चित समय (कुलिङ पिरियड) पर्खनुपर्ने विषय पनि राखिँदैछ । तर, कति साय कुलिङ पिरियड राख्ने भन्नेमा पनि मत मिलेको छ ।

यो विषयमा पनि छलफल जारी छ । छलफल सकाएर आजै विधेयक पारित गर्ने गरी बैठक राखिएको समिति सचिवालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once