Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
spot_img
19.1 C
Kathmandu

नेपालको रेल सेवा विकास र विस्तार गर्न दक्षिण कोरिया इच्छुक

spot_img

काठमाडौं,३० वैशाख । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपालको रेल सेवाको विकास र विस्तारमा ढुक्क भएर लगानी गर्न दक्षिण कोरियालाई आग्रह गरेका छन्।

मंगलबार मन्त्री दाहालसँग भेट गर्न आएको दक्षिण कोरियाली रेल कम्पनी कोरेलका प्रतिनिधिहरूसँगको भेटमा उनले रेल सेवाको विकास र विस्तार नेपाल सरकारको समेत प्राथमिकताको विषय भएकाले लगानीका लागि आग्रह गरेका हुन्।

नेपाल धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिकोणले सम्पन्न राष्ट्र भएकाले त्यस्ता गन्तव्यहरूलाई लक्षित गरी रेल सेवाको अध्ययन तथा अनुसन्धानका लागि समेत मन्त्री दाहालले आग्रह गरे।

लामो तथा छोटो दूरीको रेल सेवा विस्तारका लागि नेपालले लगानीको वातावरण बनाई रहेको उल्लेख गर्दै उनले लगानीका विभिन्न ‘मोडल’ बारे पनि छलफल गर्न सकिने उल्लेख गरे।

छलफलका क्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले नेपालमा जलविद्युत उत्पादनको प्रचुर सम्भावना रहेकाले विद्युतीय रेल मार्ग विस्तार उपयोगी हुने बताए।

लगानी बोर्डका कार्यकारी अधिकृत सुशिल ज्ञवालीले नेपालमा रेल मार्गको विकास र विस्तारका लागि दुवै देशका विज्ञहरूले विभिन्न मोडलमा अध्ययन गर्ने बताएका छन्। केही दिन भित्रमा नै दुवै देशका विज्ञ सम्मिलित कार्यदल गठन गरिने उनले बताए।

छलफलमा रेल विभागका महानिर्देशक अजय मूलले नेपालमा रेल मार्ग विकासका लागि विभिन्न साझेदारहरूसँग छलफल भइरहेको बताए।

कोरियाली प्रतिनिधि मण्डलको नेतृत्व गरेका कोरेलका प्रमुख कार्यकारी हान मुन हीले १ सय २६ वर्ष पुरानो कम्पनीले विश्वका विभिन्न देशमा रेल मार्गको विकास र विस्तारका लागि कार्य गर्दै आएको बताए।

नेपालमा अध्ययन तथा लगानीका लागि नेपालको लगानी बोर्ड, रेल विभाग तथा कोरेल बीच दर्बिलो विश्वासको वातावरण बनाई थप कार्य अघि बढाउन सकिने उनको भनाइ थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once