Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026
spot_img
23.1 C
Kathmandu

सचिव गुप्ताद्वारा सिमरा रंगशालाको स्थलगत निरीक्षण

spot_img

वीरगंज,२९ वैशाख । मधेस प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्यसचिव शिवजी गुप्ताले सोमबार सिमरा रंगशालाको निरीक्षण गरेका छन्।

सदस्यसचिवमा नियुक्त भएपछिको आफ्नो पहिलो औपचारिक भ्रमणका क्रममा गुप्ताले सिमरा रंगशालाको स्थलगत अवलोकन गरेका हुन्।

निरीक्षणको क्रममा गुप्ताले मधेस प्रदेशमा खेलकुद क्षेत्रको विकासका लागि पूर्वाधार निर्माणमा विशेष प्राथमिकता दिने प्रतिवद्धता जनाए। उनले प्रदेशभरि रहेका खेलकुद पूर्वाधारको समग्र मूल्यांकन गर्दै आवश्यकताअनुसार नयाँ संरचना निर्माणका लागि काम गर्ने बताएका छन्।

मधेस प्रदेशकै अत्याधुनिक खेल पूर्वाधारमध्ये एक बन्ने लक्ष्यसहित निर्माणाधीन सिमरा रंगशालालाई थप गुणस्तरीय बनाउन प्रदेश खेलकुद परिषद्ले सहयोग गर्ने गुप्ताले बताए।

सिमरा रंगशाला अवलोकनका क्रममा गुप्तासँगै जिल्ला खेलकुद विकास समिति बाराका प्रमुख हेमलाल श्रेष्ठ, बारा जिल्ला फूटबल संघका अध्यक्ष रामचन्द्र लामा, नेपाल तेक्वान्दो संघ मधेस प्रदेशका महासचिव राजकुमार लामा, नव जनजागृति युवा क्लबका सल्लाहकार धर्मबहादुर श्रेष्ठ, नेकपा एमाले बाराकी उपसचिव भावना आचार्य, जिल्ला सदस्य रमेश खरेल र जीतपुरसिमरा नगर कमिटी अध्यक्ष त्रिलोक विक्रम शाहलगायतको उपस्थिति रहेको थियो। यसअघि सदस्यसचिव गुप्ताले नारायणी रंगशालाको पनि निरीक्षण गरिसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once