Date
बुध, बैशाख २३, २०८३
Wed, May 6, 2026
spot_img
23.1 C
Kathmandu

रुकुम पश्चिममा जीप दुर्घटना, मृतक संख्या २

spot_img

काठमाडौं,२९ वैशाख । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१० अमलाटाकुरीस्थित सिम्लीदेखि तिमिले जोड्ने भित्री सडक खण्डमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संखया दुई पुगेको छ ।

सोमबार दिउँसो लुप्र ०२–००१ च ०१७७ नम्बरको निजी जिप ब्रेक फेल भई दुर्घटना हुँदा सानीभेरी गाउँपालिका–१० का ५० वर्षीय नरबहादुर ओलीको मृत्यु भएको थियो ।

अहिले फेरि अर्का घाइते सोही ठाउँकी ४४ वर्षीया लिला ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए । उनीहरू एकै घरका व्यक्ति रहेको प्रहरीको भनाइ छ ।

उनका अनुसार घाइते हुनेमा जिप चालक दाङ तुल्सीपुर उपमहानगरपालिका–७ का ४४ लिलमणि भण्डारी र ५० वर्षीया दुर्गा ओली घाइते भएका छन् । उनीहरूको चौरजहारी नगर अस्पतालमा उपचार भइरहेको पाठकले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once