काठमाडौँ,२७ वैशाख । लागु औषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ परेका छन् । काठमाडौँ, कञ्चनपुर, कास्की, कैलाली लगायतका जिल्लाबाट १८ जना पक्राउ परेका हुन् ।
काठमाडौँ महानगरपालिका–१३ बाफल चोक बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–६ घर भएका १९ वर्षीय सुजन श्रेष्ठलाई नाइट्राजेपाम १ हजार ट्याब्लेट, ट्रामाडोल ८ ट्याब्लेट र नगद १६ हजार रुपैयाँ सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी विट वाफलबाट खटिएको प्रहरीले बा.९७ प ५९४२ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै मोरङको विराटनगर महानगरपालिका–१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय ३० मिलिग्राम सहित २ जनालाई शुक्रबार
दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुन्दरहरैंचा नगरपालिका– ६ बस्ने ३० वर्षीय रबिन गुरुङ र सोही नगरपालिका– ४ बस्ने २३ वर्षीय रवि मडहर रहेका छन् ।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका रबिनलाई १ ग्राम ६ सय २० मिलिग्राम र रविलाई २ ग्राम २ सय १० मिलिग्राम उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी मोरङको विराटनगर महानगरपालिका– १५ तीन नम्बर ढाँटबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ करिब १ ग्राम ८ सय ४० मिलिग्रामसहित सुनसरी धरान उपमहानगरपालिका–१३ बस्ने २७ वर्षीय सङ्ग्राम राईलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
त्यस्तै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ ९० मिलिग्रामसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–११ बस्ने ३४ वर्षीय गणेशबहादुर ऐर र ३२ वर्षीय विक्रम विष्ट रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
उता सुनसरीको बराहक्षेत्र नगरपालिका–७ प्रगति टोल बस्ने ४० वर्षीय विकास सुनुवारलाई ८० ट्याब्लेट ट्रामाडोल र २ सय ८० स्पास्पेन ट्याब्लेटसहित शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका– ७ बाट लागु औषध गाँजा जस्तो देखिने करिब ५ सय ५० ग्राम पदार्थसहित सोही नगरपालिका–७ बस्ने २३ वर्षीय आशिष वर्देवालाई शुक्रबार बेलुका प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरीकै इटहरी उपमहानगरपालिका–२० बाट ब्राउनसुगरजस्तो देखिने करिब २ सय मिलिग्राम र नगद २० हजार १ सय रुपैयाँ सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३७ वर्षीय होमबहादुर मगर र सोही उपमहानगरपालिका–१ बस्ने ४० वर्षीय ऋषिकुमार चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
त्यस्तै कास्कीको पोखरा महानगरपालिका–६ शान्ति पाटनबाट अवैध लागु औषध पोल्यान्ड करिब ५ सय ग्राम, चरेस करिब २५ ग्राम र टापेण्टाडोल ८ ट्याब्लेट सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका–२२ काउलेपानी बस्ने ३० वर्षीय निर्मल परियार र सोही महानगरपालिका–६ शान्तिपाटन बस्ने भारत विहार घर भएका ३४ वर्षीय अशोक राम रहेका छन् ।
लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय वैदामबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागु औषध सहित पक्राउ गरेको हो । उता कैलालीको धनगढी उपमहानगरपालिका–३ स्थित फिस रिसोर्टबाट लागु औषध खैरो हेरोइनजस्तो देखिने पदार्थ करिब ३ सय ३० मिलिग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–४ बस्ने २२ वर्षीय नागिन खान र २३ वर्षीय रिहान अहमद रहेका छन् । लागु औषध नियन्त्रण ब्युरोशाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली धनगढी उपमहानगरपालिका–७ जोखरतालबाट लागु औषध जस्तो देखिने पदार्थ करिब १ सय ८० मिलिग्राम र स्पास १५ ट्याब्लेटसहित २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–५ बस्ने २३ वर्षीय छितिज सिंह र गोदावरी नगरपालिका–३ बस्ने २६ वर्षीय पंकज शाही रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागु औषध सहित पक्राउ गरेको हो । यता मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१० बाट ट्रामाडोल २० ट्याब्लेटसहित सोही उपमहानगरपालिका–११ नवलपुर बस्ने २४ वर्षीय विनय जिम्बालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले ना.१३ प २१३६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागुऔषध सहित पक्राउ गरेको हो ।
त्यस्तै दाङको लमही नगरपालिका–४ सुनखोलीबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ४० मिलिग्राम सहित घोराही उपमहानगरपालिका–१४ हेलोटावर टोल बस्ने २० वर्षीय अनिता विकलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।





