Date
सोम, बैशाख २१, २०८३
Mon, May 4, 2026
spot_img
19.1 C
Kathmandu

पकहामैनपुर गाउँपालिकाको १२औँ गाउँसभा कार्यक्रम सम्पन्न

spot_img

दिनेश यादव
पर्सा,१२ असोज । पकहा मैनपुर गाउँपालिकाको १२औँ गाउँसभा हालै सम्पन्न भएको छ। यस गाउँसभामा आर्थिक वर्ष २०८१/८२ को लागि ३१ करोड ५९ लाख २९ हजार रुपैयाँको बजेट प्रस्तुत गरिएको छ। गाउँपालिकाका उपाध्यक्ष सर्फुल नेसाले बजेट प्रस्तुत गरे।

प्रस्तुत बजेटमा शिक्षा, पूर्वाधार, स्वास्थ्य, र सामाजिक विकासलाई प्राथमिकता दिइएको छ। यस क्रममा राम चरित्र भगत माध्यमिक विद्यालयको भवन निर्माणका लागि १ करोड २० लाख रुपैयाँ विनियोजन गरिएको छ, जसले क्षेत्रको शैक्षिक पूर्वाधारलाई मजबुत बनाउन सहयोग पुर्‍याउनेछ।

गाउँसभाको अध्यक्षता गाउँपालिकाका अध्यक्ष सुरेश मेहताले गरेका थिए। सभामा उपाध्यक्ष सर्फुल नेसा, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, दलका प्रतिनिधिहरू, गाउँपालिकाका कर्मचारी, सञ्चारकर्मीहरू र सुरक्षा निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

गाउँपालिकाका जनप्रतिनिधिहरूले आगामी आर्थिक वर्षमा स्थानीय स्तरमा विकासका नयाँ योजना कार्यान्वयन गर्न र जनताको आवश्यकतामा केन्द्रित भएर बजेट खर्च गर्न प्रतिबद्धता व्यक्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once