Date
आइत, पुस १३, २०८२
Sun, December 28, 2025
spot_img
16.1 C
Kathmandu

पुल्चोकमा पाइपलाइन फुटेपछि छानबिन गर्न समिति गठन

spot_img

काठमाडौँ, ३० भदौ । खानेपानी मन्त्री प्रदीप यादवले पुल्चोक क्षेत्रमा पाइपलाइन फुटेर भएको क्षतिको छानबिनका लागि समिति गठन गरेका छन्। पछिल्ला दिनहरूमा काठमाडौं उपत्यकाको बालाजु, पुलचोकलगायतका स्थानहरूमा पानी वितरण प्रणालीमा पाइपलाइन फुट्ने र चुहिने समस्या देखिएको थियो। यी समस्याहरूले संरचनात्मक क्षति पुर्‍याएको भन्दै मन्त्री यादवले स्थलगत निरीक्षणपश्चात् समस्याको जड पत्ता लगाउन पाँच सदस्यीय समिति गठन गरेका हुन्।

मन्त्रीस्तरीय निर्णयअनुसार, सह-सचिव रमाकान्त दुवाडीको नेतृत्वमा ३० दिनभित्र प्रतिवेदन बुझाउन समितिलाई निर्देशन दिइएको छ। समितिले पाइपलाइन फुट्ने समस्याका कारण, त्यसले पुर्‍याएको क्षति र भविष्यमा यस्ता समस्याबाट जोगिन समाधानका उपायहरू प्रस्ताव गर्नेछ। मन्त्री यादवले उपत्यकामा मेलम्चीलगायतका स्रोतहरूबाट प्राप्त पानीको वितरणलाई व्यवस्थित, सुरक्षित र दिगो बनाउन समिति गठनको उद्देश्य रहेको बताए।

समितिमा सह-सचिव रमाकान्त दुवाडीको नेतृत्वमा काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जिविक्रम राणा, खानेपानी लिमिटेडका उप-प्रबन्धक उमेशबाबु मरहठ्ठा, आयोजना कार्यान्वयन निर्देशनालयका कार्यकारी निर्देशक टिकाबहादुर चौधरी र पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानका सह-प्राध्यापक डा. सुरज लामिछाने सदस्य रहेका छन्।

मन्त्री यादवले बारम्बार देखिने पाइपलाइन फुट्ने समस्यालाई तत्काल समाधान गर्नुपर्नेमा जोड दिँदै, संरचनाहरूमा हुने दीर्घकालीन क्षतिबाट बच्न पाइपलाइन विस्तारको क्रममा गरिएका त्रुटिहरू सच्याउन निर्देशन दिएका छन्।

समितिलाई ३० दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ, जसमा पाइपलाइनको समस्याको कारण, क्षतिको विवरण र भविष्यमा यस्तो घटना दोहोरिन नदिनका लागि समाधानका उपायहरू समावेश हुनेछ। यस प्रतिवेदनको आधारमा मन्त्रालयले थप ठोस कदम चाल्ने योजना बनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once