Date
आइत, बैशाख २०, २०८३
Sun, May 3, 2026
spot_img
24.1 C
Kathmandu

कोपा अमेरिकामा कोलम्बियाको विजयी सुरुवात

spot_img

११ असार, काठमाडौं । अमेरिकामा जारी कोपा अमेरिका २०२४ मा कोलम्बियाले विजयी सुरुवात गरेको छ ।

समूह बी अन्तर्गत मंगलबार टेक्ससस्थित एनआरजी स्टेडियममा भएको खेलमा कोलम्बियाले पाराग्वेलाई २-१ ले हरायो ।

कोलम्बियाका लागि डानिएल मुनजोले ३२औं र जेफरसन लेर्माले ४२औं मिनेटमा गोल गर्दै पहिलो हाफमै २-० को अग्रता दिलाएका थिए ।

पाराग्वेका लागि जुलियो एनसिसोले ६९औं मिनेटमा एक गोल फर्काए पनि हार टार्न पर्याप्त भएन ।

जितपछि कोलम्बियाले समूह डी मा ३ अंक जोडेको छ भने पाराग्वेल हारबाट प्रतियोगिता सुरु गरेको छ ।

यसै समूहको अर्को खेलमा आजै ब्राजिल र कोस्टारिका बीच प्रतिस्पर्धा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once