Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
spot_img
16.1 C
Kathmandu

आयरल्यान्ड ए विरुद्ध नेपाल ए ब्याटिङमा

spot_img

काठमाडौं,१९ चैत । तेस्रो तथा अन्तिम टी–२० अभ्यास खेलमा नेपाल ए ले आयरल्यान्ड ए विरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेको नेपाललाई आयरल्यान्ड ए ले ब्याटिङको निम्तो दिएको हो ।

नेपालले आज युवा क्रिकेटर नारायण जोशीलाई मौका दिएको छ । किरण ठगुन्नालाई बेञ्चमा राख्दै नेपालले नारायणलाई मौका दिएको हो ।

सिरिज गुमाइसकेको नेपाल अन्तिम खेलमा जितका साथ क्लिनस्विप हुनबाट बच्न चाहन्छ । नेपाल ए पहिलो खेलमा २१ रन र दोस्रो खेलमा ४० रनले पराजित भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once