Date
बुध, बैशाख १६, २०८३
Wed, April 29, 2026
spot_img
16.1 C
Kathmandu

प्रो क्लव च्याम्पियनसिप : पर्सा ११ फाइनलमा प्रवेश

spot_img

वीरगंज,१३ पुस । वीरगंज जारी प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगितामा आजदेखि सेमिफाइनल चरणका खेलहरु सुरु भएका छन् । आज हुने सेमिफाइनल खेलहरुमा पर्सा–११ र नेपाल आर्मी तथा भारतको वन्डर्स क्लब नोयडासँग नेपाल पुलिस क्लब खेल्दैछन् ।

नारायणी रंगशालामा भएको पहिलो खेलमा पर्सा–११ बिजयी भएको छ । पर्साले नेपाल आर्मीलाई ३१ रनले हराएको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पर्साले १९ ओभर ४ बलमा अलआउट हुदैँ ९९ रन बनाएको थियो । एक सय रनको लक्ष्य प्राप्तिका लागि जवाफी ब्याटिङ गरेको आर्मी १६ ओभर २ बलमा ६८ रनमै समेटियो ।

यो जितसँगै पर्सा–११ फाइनलमा प्रवेश गरेको छ ।

यस्तै आजै दिउँसो १ बजे अर्को सेमिफाइनल खेल हुदैँछ । दोस्रो खेलमा भारतको वण्डर्स क्लव नोयडासँग नेपाल प्ुलिस क्लवले खेल्नेछ ।
यो खेल जित्ने टोलीले फाइनलमा पर्सा–११ को सामना गर्ने पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंहले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once