Date
बुध, बैशाख १६, २०८३
Wed, April 29, 2026
spot_img
21.1 C
Kathmandu

प्रधानमन्त्री महिला टी-२० : एपीएफको लगातार पाँचौँ जित

spot_img

काठमाडौ,११ पुस । जारी प्रधानमन्त्री महिला टी-२० क्रिकेट प्रतियोगितामा एपीएफले लगातार पाँचौं जित हासिल गरेको छ । बुधबार सम्पन्न खेलमा एपीएफले कर्णाली प्रदेशलाई ९२ रनले पराजित गर्दै लगातार पाँचौ जित हासिल गरेको हो ।

एपीएफले दिएको १६१ रनको लक्ष्य पछाएको कर्णालीले २० ओभरमा ८ विकेट गुमाउदै ६८ रन मात्र बनाएको थियो । यस अघि एपीएफले पहिला ब्याटिङ गर्दै २० ओभरमा २ विकेट गुमाएर १६० रन बनाएको थियो ।

यो जितपछि एपीएफ ५ खेलमा अपराजित हुँदै १० अंक हासिल गरेर अंकतालिकामा शीर्ष स्थानमा रहेको छ । त्यसैगरी कर्णाली प्रदेशले लगातार पाँचौं हार बेहोरेको छ ।

अब एपीएफले अर्को खेल बिहीबार गण्डकी प्रदेशसँग खेल्ने छ भने कर्णालीले अर्को खेल बिहिबार नै बागमती प्रदेशसँग खेल्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once