Date
बुध, बैशाख १६, २०८३
Wed, April 29, 2026
spot_img
25.1 C
Kathmandu

मधेश प्रदेशको पहिलो जित, गण्डकीको तेस्रो हार

spot_img

काठमाडौँ,०९ पुस । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको सोमबार खेलिएको खेलमा मधेश प्रदेशले गण्डकी प्रदेशलाई २७ रनले हराएको छ । जारी प्रतियोगितामा चार खेल खेलेको मधेश प्रदेशको यो पहिलो जित हो । मधेश प्रदेशले यसअघि लगातार तीन खेलम हार भागेको थियो । चार खेल खेलेको गण्डकी प्रदेशको यो तेस्रो हार हो । एक खेलमा भने गण्डकी प्रदेश विजयी भएको थियो । काठमाडौँको मुलपानीस्थित क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको मधेश प्रदेशले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय १२ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको गण्डकी प्रदेशले भने १९.४ ओभरमा अलआउट हुनुअघि ८५ रनमात्र बनाउन सक्यो ।गण्डकी प्रदेशका लागि माथिल्लो क्रमका कुनै पनि ब्याट्सरले दोहोरो अंकमा रन बनाउन सकेनन् । छैटौँ नम्बरमा क्रिज समाल्न आएकी सुमन खतिवडाले ४२ रन बनाइन् । उनले ३३ बलको सामना गरी ६ वटा चौका पनि हिर्काइन् । चौथो नम्बरकी ब्याटर सृष्टी जैसीले टोलीको खातामा १५ रन थपिन् । उनले ३४ बलमा एक चौका प्रहार गरिन् । गण्डकी प्रदेशका अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । दुबै ओपनर अञ्जली विश्वकर्मा र सृजना पौडेल खाता खोल्नुअघि नै पेभेलियन फर्किएका थिए ।

गण्डकी प्रदेशले अतिरिक्त रुपमा नौ रन पाएको थियो । मधेश प्रदेशकी बलर पूजा महतोले तीन विकेट लिइन् । उनले ३.४ ओभरमा एक मेडन राख्दै केवल सात रन खर्चिइन् । सरस्वती कुमारी, कविता गौतम र साक्षी यादवले पनि एक–एक विकेट हात पारे ।

त्यसअघि काठमाडौँको मुलपानीस्थित क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको मधेश प्रदेशका लागि ओपनर पूजा महतोले सर्वाधिक ३८ रन बनाइन् । उनले ४३ बलको सामना गरी पाँच चौका पनि हिर्काइन् । पाँचौँ नम्बरमा क्रिज समाल्न आएकी सरस्वती कुमारीले पनि टोलीका लागि अविजित २६ रनको योगदान गरिन् । उनले २१ बलमा तीन चौका प्रहार गरिन् । यसका अतिरिक्त मधेश प्रदेशका लागि प्रतिमा शाहले मात्र दोहोरो अंकमा रन बटुल्न सकिन् ।

अन्य ब्याट्रले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । अनुराधा चौधरीले नौ रन बनाइन् भने एलिसा यादव पाँच रनमा आउट भइन् । रोजी कडारी दुई रनमा अविजित रहिन् । मधेश प्रदेशले अतिरिक्त रुपमा पनि २२ रन पाएको थियो । गण्डकी प्रदेशका बलर सुमन खतिवडाले तीन विकेट लिइन् । उनले दुई ओभरमा १० रन खर्चिइन् । कुशुम गोदार र सृष्टी जैसीले पनि एक–एक विकेट हात पारे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once