Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img
19.1 C
Kathmandu

एकदिवसीय वरीयताः अस्ट्रेलियन कप्तान कमिन्सलाई सन्दीपले पछाडी पारे

spot_img

काठमाडौँ,२२ कार्तिक । आईसीसीको एकदिवसीय वरीयतामा सन्दीप लामिछानेले अस्ट्रेलियन कप्तान तथा बलर प्याट कमिन्सलाई पछि पारेका छन् ।

आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा बलिङतर्फ सन्दीपले कमिन्सलाई पछि पारेका हुन् । नयाँ वरीयताअनुसार नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप ३२ औँ स्थानमा रहेका छन् । कमिन्स भने ३३ औँ स्थानमा रहेका छन् ।

बलिङतर्फ नै नेपालका दिपेन्द्र सिंह ऐरी ६७ औँ, करण केसी ८२ औँ, सोमपाल कामी ८८ औँ तथा ललित राजवंशी ९९ औँ स्थानमा छन् ।

बलिङतर्फ भारतका मोहम्मद सिराज शीर्ष, दक्षिण अफ्रिकाका केशव महाराज दोस्रो तथा अस्ट्रेलियाका एडम जाम्पा तेस्रो स्थानमा छन् ।

ब्याटिङतर्फ भने नेपालका आशिफ शेख ७२ औँ, कप्तान रोहित पौडेल ८३ औँ तथा कुशल भुर्तेल ९८ औँ स्थानमा छन् ।

ब्याटिङतर्फ नै भारतका शुवमन गिल, पाकिस्तानका बाबर आजम तथा दक्षिण अफ्रिकाका क्विन्टन डी कक शीर्ष तीनमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once