बारा,१३ कार्तिक । बारा जिल्लाकाे कलैयास्थित गोली प्रहारबाट घाइते भएका बाल एकता इङिलस बोर्डिङ्ग स्कुलका प्रधानाध्यापक रुपेश सरार्फ (गुड्डु) को मृत्यु भएको छ ।
बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार सर्राफको उपचारको क्रममा बीरगन्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको हो ।
सोमबार दिउँसो सर्राफलाई २ वटा मोटरसाईकलमा आएका ४ जनाको समूहले गोली हानेको थियो । कलैया–६ मदर्शा टोलमा सर्राफमाथि गोली प्रहार भएपछि उनलाई उपचारका लागि कलैया अस्पताल हुदै बीरगन्जको बयोधा अस्पताल लगिएको थियो ।





