Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026
spot_img
18.1 C
Kathmandu

सर्लाहीबाट गाँजासहित दुई जना पक्राउ

spot_img

जनकपुर,१२ कार्तिक । सर्लाहीको कबिलासी नगरपालिका-९ भलुवाहाबाट २ सय ५० किलो गाँजासहित दुई जना पक्राउ परेका छन्। शनिबार राती ९ बजे कविलासी नगरपालिका-९, सलेमपुरबाट भलुवाहा हुँदै गम्हरिया ल्याउँदै गरेको अवस्थामा प्रहरीले गाँजा बरामद गरेको छ।

ज १ त ५५५१ नम्बरको ट्याक्टरमा लोड गरी गाँजा ल्याउँदै गरेको अवस्थामा झिम नदी किनारबाट कविलासी नगरपालिका-१० का २८ वर्षीय ट्याक्टर चालक भाग्य नारायण महतो र सोही स्थानका २४ वर्षीय रवि भनेर चिनिने रवीन्द्र राय रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक प्रवीण धितालले बताए।

प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी पक्राउ परेका व्यक्तिहरू सार्वजनिक गरेको हो। बरामद गरिएका गाँजाको अन्दाजी मूल्य ३० लाख रहेको उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once