Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026
spot_img
20.1 C
Kathmandu

वीरगंज स्टार्टअप मिट सम्पन्न

spot_img

वीरगंज । वीरगंजमा नव उद्यमी अर्थात् स्टार्टअपहरूको भेला सम्पन्न भएको छ । नेक्नो टेक्नोलोजीद्वारा आयोजित भेला शुक्रवार सम्पन्न भएको हो ।

यहाँस्थित म्याजिक वेल्स नामक रेस्टुराँमा आयोजित भेलामा एक दर्जन स्टार्टअपका उद्यमीहरूले सहभागिता जनाएका थिए । सो क्रममा उनीहरूले एक अर्कासँग परिचय गर्नुका साथै आफ्नो उद्यम, व्यवसाय र परियोजनाको बारेमा जानकारी साझा गरे ।

वीरगंज स्टार्टअपहरूलाई एकै ठाउँमा ल्याउने उद्देशका साथ कार्यक्रम आयोजना गरिएको नेक्नो टेक्नोलोजीका प्रमुख रवि शङ्कर साहले बताए । ‘वीरगंजमा टन्नै स्टार्टअपहरू छन् । कुनै सफल छन् भने कुनै अहिले भर्खरै सुरुवात गरिरहेका छन् तर एक अर्कालाई चिन्दैनन्,’ उनले भने, ‘हाम्रो मुख्य अजेण्डालै यस्ता स्टार्टहरूलाई एक अर्कासँग चिनाइ दिएर एक ठाउँमा ल्याउनु हो ।’

स्टार्टअप ठूलो र सानो भए पनि वीरगंजकाे परिप्रेक्ष्यमा उनीहरूले भोग्ने समस्या भने उस्तै उस्तै रहेको साह बताउँछन् । ‘समाधानका लागि भने कोही अगाडि आइरहेको छैन । कसैले प्रयास गरे पनि एक्लो पहलले त्यो सम्भव भइरहेको छैन । यसरी स्टार्टअपहरू एक ठाउँमा आइदिए संयुक्त रूपमा पहल गर्न सकिन्छ र समाधान निकाल्न एक अर्कालाई सहयोग गर्न सकिन्छ,’ उनले भने ।

कार्यक्रममा स्टार्टअपका प्रतिनिधिहरूले आफ्नो काम, परियोजना, भविष्यको योजना र वर्तमान अवस्थामा भोगिरहेको समस्याका बारेमा छलफल गरेका थिए । छलफलका क्रममा उनीहरूले एक अर्कासँग समन्वय गर्नेदेखि मिलेर काम गर्ने योजना समेत बनाएको सह आयोजक एयाड्स बी मिडियाका सञ्चालक हिमांशु बरनवालले बताए ।

‘हामीले चाहेको पनि यहीँ हो । स्टार्टअपहरू एक अर्कासँग मिलेर काम गरुन्, सहयोग गरुन् र संयुक्त भएर वीरगंजमा एउटा राम्रो स्टार्टअप कल्चरको सुरुवात गरुन् । हाम्रो पहिलो प्रयास सफल भएको छ,’ उनले भने ।

बरनवालले स्टार्टअप मिटलाई प्रत्येक महिना गर्ने आफूहरूको योजना समेत रहेको सुनाए । पहिलो भेटमा चिनजान भए पनि दोस्रो, तेस्रो भेटमा सहकार्य गर्ने बाटो खुल्ने, एक अर्कालाई सहयोग गर्ने अवसर मिल्ने उनको विश्वास छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once