Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026
spot_img
20.1 C
Kathmandu

महोत्तरी प्रहरीद्वारा ४ सय किलोभन्दा बढी गाँजासहित एकजना पक्राउ

spot_img

जनकपुरधाम,असोज २५ गते । महोत्तरी प्रहरीले चार सय किलोभन्दा बढी लागूऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ ।

गएराति करिब २ बजेको समयमा जलेश्वर नगरपालिका १ स्थित जलेश्वरबाट बखरीतर्फ जाँदै गरेको ना ६ ख ७३७४ नम्बरको ट्रकलाई अस्थाई प्रहरी पोष्ट नगरपालिका, महोत्तरीबाट खटिएको प्रहरी गस्ति टोलीले शंकाको आधारमा ट्रकलाई चेकजाँच गर्दा २७ वटा लागूऔषध गाँजाको पोका बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीका अनुसार प्रहरीले बरामद गरेको २७ वटा पोकागाँजा ४ क्विन्टल ५ केजी रहेको छ ।

प्रहरीले लागूऔषध गाँजासहित ट्रक र ट्रक सह चालक मकवानपुरको थाहा नगरपालिका २ बस्ने २२ वर्षीय विशाल थिङ्गलाई नियन्त्रणमा लिई आवश्‍यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान थालेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once