Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026
spot_img
20.1 C
Kathmandu

बाराका पिडित शिक्षक ब्रम्हदेव पासवानले अन्तत पाए न्याय

spot_img

वीरगंज ,१७असोजः बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले सरूवा गरेपछि एक महिनादेखि अलपत्र परेर सामाजिक सञ्जाल (फेसबुक) मा भाइरल भएका पिडित शिक्षक ब्रम्हदेव पासवानले अन्तत न्याय पाएका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २४ सिमरास्थित नेपाल राष्ट्रिय माविमा झण्डै तीन दशकदेखि कार्यरत शिक्षक पासवानलाई उपमहानगरपालिकाले वडा नम्बर २४ हरपुरस्थित नेपाल राष्ट्रिय माविमा माविमा सरुवा गरेको थियो । सिमराकोे विद्यालयबाट सरुवाको रमानापत्र लिएर हरपुरको विद्यालयमा पुग्दा पासवानलाई त्यहाँका प्रधानाध्यापकले हाजीरी गर्न नदिएपछि पासवान एकमहिनादेखि अलपत्र परेका थिए ।

त्यसपछि मेयर राजन पाौडेलले उपमहानगरपालिकाको कार्यालयमै बसेर हाजीर गर्न निर्देशन दिदाँपनि पासवानले आँफुले बिना कामको तलब नलिने बरु राजीनामा दिने भन्दै बताउदै आएका थिए ।

२०३९ सालदेखि शिक्षण पेशामा आवद्ध शिक्षक पासवान एक महिनादेखि अलपत्र परेको खबर सामाजिक सञ्जालमा आएलगत्तै उनको न्यायका लागि आवाज उठ्न सुरु भएको थियो । अवकाशका लागि दुई वर्ष बाँकी रहेका पासवानलाई चाडपर्वको समयमा हाजिरविहिन अवस्थामा राखिनु दुःखद् रहेको भन्दै उपमहानगरपालिकाको कार्यालयले तत्काल पहल थाल्नुपर्ने माग सञ्जाल मार्फत चौतर्फी उठेको थियो ।

पिडित शिक्षक पासवानलाई न्याय दिन आग्रह गर्दै सामाजिक सञ्जाल मार्फत चौतर्फी दबाबमुलुक अभियान चलाइएपछि बुधबार उपमहानगरपालिकाले एक निर्णय गरी पासवानलाई उनि पहिलेदेखि कार्यरत सिमराको विद्यालयमा नै फिर्ता पठाउने निर्णय गरेको हो । सिमराकै विद्यालयमा पासवानको दरबन्दी कायम गरी कामकाजमा खटाउने निर्णय गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृतले बुधबार जारी गरेको सूचनामा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once