Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026
spot_img
18.1 C
Kathmandu

एसियाडको महिला भलिबलमा नेपालको लगातार दोस्रो हार

spot_img

काठमाडैं,१५ असाेज । नेपाली महिला भलिबल टोलीले चीनको हान्झाउमा जारी १९ औं एसियाडमा लगातार दोस्रो खेलमा हार बेहोरेको छ ।

सोमबार भएको समूह सी अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपाल दक्षिण कोरियासँग सोझो सेटमा पराजित भएको छ ।

नेपाल दक्षिण कोरियासँग २५-२१, २५-१४, २५-११ ले पराजित भएको हो ।

दुबै खेलमा पराजित भएपछि नेपाल समूह चरणबाट अघि बढ्न सकेन ।

यसअघि शनिबार भियतनामसँग भएको खेलमा नेपालले ३–० ले पराजित भएको थियो ।

नेपाली महिला भलिबल टोलीले अब नवौंदेखि १२औं स्थानको लागि खेल्नेछ ।

समूह सीबाट भियतनाम शीर्ष र दक्षिण कोरिया दोस्रो दोसो हुँदै क्वाटरफाईनल प्रवेश गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once