Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026
spot_img
20.1 C
Kathmandu

वीरगंज लगायत देशभर सहकारीबाट ठगी गरेको आरोपमा जीबी राईसहित १३ जनाविरुद्ध पक्राउ पुर्जी जारी

spot_img

वीरगंज । वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाबाट बचतकर्ताको रकम ठगी गरेको आरोप लागेका सहकारीका संस्थापक गितेन्द्रबाबु राई (जीबी) र कुमार रम्तेलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत पर्साबाट जीबी राई सहित १३ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालयल पर्साका प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले जानकारी दिए । पीडितहरुको उजुरीका आधारमा संस्थापक राईसहित वर्तमान अध्यक्ष अनन्तबाबु राई, उपाध्यक्ष नेहा पौडेल, सचिव तस्वीरन मियाँ, कोषाध्यक्ष सृष्टि श्रेष्ठ मानन्धर विरुद्ध पक्राउ पुर्जी जारी भएको थापाले बताए । सहकारीका पूर्व कोषाध्यक्ष कुमार रम्तेल विरुद्ध पनि पक्राउ पुजी जारी भएको छ ।

यस्तै सहकारीका सञ्चालक समिति सदस्यहरु देबेन्द्रबाबु राई, थानबहादुर बुढामगर, धिरजकुमार दास विरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

सहकारीकी पूर्वउपाध्यक्ष सुनिता श्रेष्ठ, पूर्वसदस्य अशोक यादव, प्रबन्धक असरफ अलि सिद्धिकी र कर्जा अधिकृत राधेचन्द्र यादव विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । कर्जा अधिकृत राधेचन्द्र यादव भने पक्राउ परिसकेका छन् ।

पक्राउ पुर्जी जारी भएकामध्ये संस्थापक जीबी राई र अध्यक्ष अनन्तबाबु राई दाजुभाइ हुन् । यस्तै सहकारीका पूर्वसचिव तस्वीरन मियाँ र प्रबन्धक असरफ अलि सिद्धिकी पति–पत्नी हुन् ।

यसैबीच पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट बचतकर्ताको रकम ठगी गरेको आरोपमा जिल्ला अदालत कास्कीले पनि राई र रम्तेल सहित १३ जनालाई पक्राउ पुर्जी जारी यसअघि नै गरिसकेको छ ।

उनीहरुले देशभर सहकारीको नेटवर्क खडा गरी १६ अर्ब भन्दा बढी ठगी गरेको आरोप छ । देशभरीका प्रमुख शहरमा सहकारीको नेटवर्क खडा गरी सर्वसाधारण बचतकर्ताको रकम सहकारी मार्फत जीबी राईसहितको समूहले दुरुपयोग गर्दै आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once