Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026
spot_img
20.1 C
Kathmandu

बीरगंज नाकामा पर्यटकहरुलाई स्वागत

spot_img

बीरगन्ज,१० असाेज । ४४ ओैं विश्व पर्यटन दिवसकाे अवसरमा बुधबार बीरगन्ज नाकाबाट भित्रिएका पर्यटकहरुलाई स्वागत गरिएको छ ।

हाेटल तथा पर्यटन व्यावसायी संघ बीरगन्ज, पर्यटन प्रहरी र अध्यागमन कार्यालय बीरगन्जले बीरगन्जकाे शंकाराचार्य गेटमा भारतबाट घुम्न नेपाल आएका पर्यटकहरूलाई स्वागत गरेकाे हाे ।

बुधबार बिहान भारतकाे गाेपालगञ्जबाट आएका चार जना पर्यटकहरूलाई माला, खादा र टीका लगाएर स्वागत गरिएको हाेटल तथा पर्यटन व्यावसायी संघ बीरगन्जका अध्यक्ष हरि पन्तले बताए ।

नेपालकाे अर्थतन्त्रकाे प्रमुख आधार मध्य पर्यटन क्षेत्र पनि एक भएपनि पर्यटन क्षेत्र अझै राज्यले उपेक्षा गरेकाे हाेटल तथा पर्यटन व्यावसायीहरूकाे गुनासाे छ । स्थानीय तहमा पर्यटन पूर्वाधार निर्माणमा पनि खासै ध्यान नगएकाे उनीहरूकाे भनाइ छ ।

नाकामा पर्यटकहरुलाई स्वागत गर्न पुगेकाे टाेलीमा संघका अध्यक्ष तथा हाेटल व्यावसायी महासंघ नेपालका सचिव पन्त, संघका बरिष्ठ उपाध्यक्ष रचिन्द्र थापा, महासचिव माधव बस्नेत, सदस्य कुबेर कार्की, सशस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्र सिंह पर्यटन प्रहरी लगायतकाे सहभागीता रहेकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once