Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026
spot_img
20.1 C
Kathmandu

मलंगवा घटना अनुगमन गर्न मधेशी आयोगले पठायो उच्चस्तरीय टोली

spot_img

वीरगंज,७ असाेज । मधेशी आयोगले सर्लाहीको मलंगवा नगरपालिकामा उच्चस्तरीय अनुगमन टोली पठाएको छ।

कृष्णाष्टमी पूजाको मूर्ति र विश्वकर्मा पूजाको मूर्ति र गणेश पूजाको मुर्ति जलप्रवाह गर्न जाँदा अवरोध उत्पन्न गराई साम्प्रदायिक दंगा फैलाउने घटनाको सत्यतथ्य पता लगाउन उच्चस्तरीय अनुगमन टोली सर्लाही गएको हो।

आयोगले जारी गरेको विज्ञप्तिमा घटनाप्रति खेद प्रकट गर्दै गम्भीरतापूर्वक हेरिरहेको बताएको छ।

गत शुक्रबार गणेश चतुर्थिको मूर्ति सेलाउने क्रममा मलंगवामा पुनस्झडप भएको थियो। त्यसपछि उक्त घटनाले अझै उग्र रुप लिएको आयोगले जनाएको छ।

आयोगले कानुनविपरीत कार्य गर्ने जो-कोहीलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रशासनलाई सचेत गराएको छ।

आयोगले उक्त घटनामा घाइतेहरुको उपचारका लागि सरकारलाई तुरुन्त आवश्यक व्यवस्था मिलाउन समेत ध्यानकर्षण गराएको छ । अनुगमन टोलीलाई सबै सरोकारवालाहरुले सहयोग गरिदिन पनि आयोगले आग्रह गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once