Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026
spot_img
23.1 C
Kathmandu

वीरगंज नाकाका दुबै भन्सार कार्यालय राजश्व उठाउन असफल

spot_img

वीरगंज,७ असोज । वीरगन्ज नाकास्थित दुबै भन्सार कार्यालय चालु आर्थिक वर्षको दोस्रो महिनामापनि लक्ष्य अनुसारको राजश्व उठाउन असफल भएका छन् ।

गत भदौं महिनामा वीरगन्ज भन्सार कार्यालयको राजश्व असुली लक्ष्यको ६५.६९ प्रतिशतमात्रै पुगेको छ भने सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयको राजश्व असुलीपनि लक्ष्यको ८५ प्रतिशत मात्रै छ ।

वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ को भदौ महिनामा १९ अर्ब ३८ करोड रुपैयाँ राजश्व असुलीको लक्ष्य पाएकोमा १२ अर्ब ७१ करोड २२ लाख रुपैयाँ मात्रै उठाएको छ । जुन लक्ष्यको ६५.६९ प्रतिशतमात्र हो ।

कार्यालयका सूचना अधिकृत रामचन्द्र शर्मा ढकालले भदौंमा लक्ष्यको ६५.६९ प्रतिशतमात्रै राजश्व संकलन भएपनि अघिल्लो आर्थिक वर्षको यहीं अवधिको तुलनामा राजश्व असुलीमा सुधार देखिएको बताए ।

यस्तै सिर्सिया सुक्खा बन्दरगाहले चालु आर्थिक वर्षको भदौ महिनामा ५ अर्ब ३७ करोड २८ लाख १८ हजार रुपैयाँ राजश्व असुलीको लक्ष्य पाएकोमा ४ अर्ब ५७ करोड ५० लाख ६४ हजार रुपैयाँमात्र उठाएको छ । जुन लक्ष्यको ८५.१५ प्रतिशत हो ।

सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकृत सन्तोष न्यौपानेले चालु आवमा समग्रमै आयातमा सुधार भएपछि त्यसको सकारात्मक प्रभाव राजश्व असुलीमा पनि देखिएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once