Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026
spot_img
23.1 C
Kathmandu

वीरगंजकाे पान गल्लीमा एक पुरुषको शङ्कास्पद अवस्थामा शव फेला

spot_img

वीरगंज,४ असाेज । वीरगञ्जमा फेरी शङ्कास्पद अवस्थामा एउटा शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले एउटा सूचना जारी गर्दै वीरगञ्ज – ९ पान गल्लीमा एउटा पुरुषको शव फेला परेको जनाएको छ ।

प्रहरीका अनुसार मङ्गलवार साँझ साढे ७ बजेको करिबमा पान गल्लीमा एउटा ठेला गाडामा सुतिरहेको अवस्थामा सर्लाही कौडेना गाउँपालिका – ३ निवासी अन्दाजी ५० वर्षीय भुब्रो महतो नुनियाको शव फेला भएको हो । नुनिया लामो समयदेखि वीरगञ्जमा ठेला गाडा चलाउँदै आएको प्रहरीले जनाएको छ ।

स्थानीयहरूले नुनियाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरीले लासजाँच प्रकृति मुचुल्का लगायतका कार्य सम्पन्न गरी शवलाई पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा पठाएको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाले जानकारी दिए ।

नुनियाको मृत्युको कारण भने अहिलेसम्म पत्ता लाएको छैन । उनको शरीरमा पनि कुनै किसिमको चोटपटक नलागेको प्रहरीको भनाई छ । शङ्कास्पद अवस्थामा बरामद भएको शवको विषयमा अनुसन्धान भइरहेको डिएसपी थापाको भनाई छ ।

उनको शरीरमा कुनै किसिमको चोटपटक नलागेकोले अत्यधिक मदिरा सेवनका कारण मृत्यु भएको हुनसक्ने प्रहरीको आशङ्का छ । उनको शव पनि पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको डिएसपी थापाले बताए । उनको मृत्युको विषयमा पनि अनुसन्धान जारी रहेको डिएसपी थापाले बताए ।

यद्यपि एकै दिनमा दुई वटा व्यक्तिको शव फेला पर्नुले विभिन्न आशङ्का उत्पन्न गरेको छ । फेला परेका शवको मृत्युको प्रकृति पनि उस्तै रहेकोले यसले थप शङ्का उत्पन्न गरेको स्थानीयहरूको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once