Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026
spot_img
23.1 C
Kathmandu

घरभित्र घाटी रेटिएको अवस्था महिलाको शव भेटियो

spot_img

बीरगंज,३ असोज – पर्सामा शंखास्पद अवस्थामा एक महिलाको शव फेला परेको छ । पर्साको जगरनाथपुर गाउँपालिका वडा नं. ५ मसिहानी टोलमा घाँटी रेटिएको अवस्थामा अन्दाजी ४० वर्षीया कान्ति देवी मुखिया बिनको शव भेटिएको हो ।

इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहन बिक्रम केसीले मंगलबार साँझ ५ बजेको समयमा घाँटी रेटिएको अवस्थामा बिनको शव उनकै घरमा भेटिएका बताए । अर्धनग्न अवस्थामा मृत भेटिएकी बिनको टाउकोमा पनि चोटपटक लागेको डाम देखिएको केसीले बताए ।

घरमा एक्लै वस्दै आएकी विनलाई छिमेकीहरुले दिउँसो सम्म नदेखेपछि उनलाई खोज्दै घर पुगेकी छिमेकीले शव देखेपछि स्थानियहरुले प्रहरीलाई खबर गरेको थियो । घटनास्थलमा पुगेको इप्रका पोखरीयाको टोलीले घरको ढोका खोलेर हेर्दा घाँटी रेटिएको अवस्थामा बिनको शव भेटिएको थियो । शव पोस्टमार्टमका लागि बीगन्जस्थित नारायणी अस्पतालमा पठाइएको केसीले बताए ।

जिल्ला प्रहरी कार्यालय पर्साले घटना समलग्न भएको हुन सक्ने अशंकाको अधारलाई अनुसन्धानका लागि भन्दै दुई जना स्थानियलाई पक्राउ गरिएको जनाएको छ । मृतक विनको दुई छोरा र तीन छोरीहरु रहेको भएपनि छोरीहरुको बिहे भईसकेको एवं छोराहरु रोजगारीको सिलसिला बाहिर बस्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once