बीरगंज,३ असोज – देशभरी संबिधान दिवसको अवसरमा बिभिन्न कार्यक्रमको आयोजना भईरहदा आम जनता पार्टीले संबिधानको बिरोध गरेको छ । प्रभु साह नेतृत्वको आम जनता पार्टीले बीरगन्जको घण्टाघरमा नेपालको संबिधान खारेजी गर्नु पर्ने माग राख्दै बिरोध कार्यक्रमको आयोजना गरेको छ । संविधानको अन्तेष्टी यात्रा अन्तगर्त बीरगन्जमा बिरोध कार्यक्रमको आयोजना गरिएको आम जनता पार्टी पर्साले जनाएको छ ।
संविधान खारेज गर्नु पर्ने नाराहरु लेखिएको व्यानर र प्लेकार्ड बोकेर घण्टाघरमा जम्मा भएका नेता कार्यकर्ताहरुले नेपालको संबिधान खिचडी संबिधान हो भन्दै खारेज गर्नु नारा लगाएका थिए ।
बिरोध प्रर्दशनपछि घण्टाघरमा आयोजना गरिएको कोण सभालाई पार्टीका नेता कुन्दन कुशवाहा, बबिता यादव लगायतकाले सम्बोधन गर्दै यो संविधानले जनताहरुको भावना समेटन नसकेको एवं देशमा गरिबी बेरोजगारी,भ्रष्टाचर महंगी लगायतको कुराहरुलाई अन्यत गर्न नसेको भन्दै संविधान खारेजको बिकल्प नरहेको जिकिर गरेका थिए ।
घण्टाघरमा प्रहरी घेराभित्र आयोजना गरिएको कोण सभामा आम जनता पार्टी जिन्दावाद एवं संविधान खारेज गर लगायतका नाराहरु आम जनता पार्टीका नेता कार्यकर्ताहरुले लगाई रहेका थिए ।





