Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026
spot_img
23.1 C
Kathmandu

वीरगंजकाे घडिअर्वामा आजदेखि गणेश चतुर्थी महाेत्सव सुरु

spot_img

वीरगंज,२ असाेज । विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी आज(मंगलबार ) गणेश चतुर्थी व्रत मनाइँदै छ ।

सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ ।

शिव पार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्र पूजाको अधिकार प्राप्त छ ।हरितालिका (तीज) को व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको छ ।

भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका ब्रतालुले चतुर्थीका दिन जीवनमा विघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ ।

यसैबिच वीरगन्ज १०घडिअर्वामा आज मंगलबारदेखि गणेश चतुर्थी महाेत्सव मंगलबारदेखि सुरु भएकाे छ ।

घडीअर्वास्थित रामजानकी मन्दिर परिसरमा सजाइएकाे आकर्षक टेण्टपण्डालमा भगवान् गणेशकाे मुर्ति स्थापना गरी पूजापाठ गरेर गणेश चतुर्थी महाेत्सव शुभारम्भ गरिएको हाे ।गणेश भगवानकाे मुर्ति अगाडि १४५ केजीकाे लड्डुपनि राखिएको छ ।

गणेश झन्कार मण्डलकाे आयाेजनामा सुरु गरिएको गणेश चतुर्थी महाेत्सवमा ५ दिनसम्म बेलुकी भजनकिर्तन र धार्मिक सांस्कृतिक कार्यक्रम आयाेजना गरिने महाेत्सव आयाेजक समितिका सचिव प्रभाकर गुप्ताले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once