Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026
spot_img
23.1 C
Kathmandu

राष्ट्रपति पौडेल जनकपुरधाम आउँदै

spot_img

जनकपुरधाम,३१ भदाै ।राष्ट्रपति रामचन्द्र पौडेल असोज ८ गते जनकपुरधाम आउन लागेका हुन् ।

आइतबार नेपाल प्रेस युनियन धनुषाको आयोजनामा आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका नेता एवं पूर्व उपसभापति विलेन्द्र निधिले उनी आउने सम्बन्धमा जानकारी गराएका हुन् ।

नागरिकतासम्बन्धी विधेयकलाई राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेपछि जन्मसिद्धका सन्तानले वंशजको आधारमा नागरिकता पाउन थालेकाले राष्ट्रपति पौडेललाई यहाँ नागरिक अभिनन्दन गर्ने कार्यक्रम राखिएको छ । सोहीमा सहभागी हुन् उनी यहाँ आउन लागेका हुन् ।

राष्ट्रपति भएपछि पहिलो पटक उनी जनकपुरधाम आउन लागेका हुन् । यसअघि उनको जनकपुरधाम आउने कार्यक्रम स्थगित भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once