Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026
spot_img
27.1 C
Kathmandu

डाक्टरमाथि कुटपिटको आरोपमा ४ जना पक्राउ

spot_img

वीरगंज,२८ भदाैं । डाक्टरमाथि कुटपिट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–२ स्थित सन्चो अस्पतालका दुई चिकित्सकमाथि कुटपिट गर्ने चार जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।

हेटौंडा–१२, पदमपोखरीका ४२ वर्षीय राजेश प्रधानको उपचारको क्रममा मृत्यु भएको भन्दै कुटपिट गर्ने मृतककी श्रीमती रमा प्रधान, छोरी रमिता, छोरा रोहित, भतिजा अनुप रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । गत साउन २५ गते हेटौंडा–१२, पदमपोखरीका ४२ वर्षीय राजेश प्रधानको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो। राजेशलाई डेंगीका कारण निमोनियाको समस्या देखिएको थियो।सुरूमा उनलाई साउन २२ गते सन्चो अस्पतालमै लगिएको थियो।

स्वास्थ्य अवस्था गम्भीर देखिएपछि चिकित्सकले बिरामीलाई आइसियूमा राखेर उपचार गर्न सुझाव दिएका थिए। तर आफन्तले वार्डमा राखेर उपचार गर्ने कुरा गरेको चिकित्सकको भनाई छ। पछि हेरचाह राम्रो हुने भन्दै बिरामीलाई एचडियूमा राखिएको थियो।
तर उपचारको पहिलो रातमै बिरामीको अवस्था थप जटिल भएपछि साउन २३ गते उनलाई चितवन मेडिकल कलेज रिफर गरिएको थियो। त्यहाँ उपचारको क्रममा मृत्यु भएको हो।

राजेशको मृत्यु भएपछि पीडितका आफन्त भोलिपल्टै सन्चो अस्पतालमा पुगेका थिए। तर बिरामीको अवस्थाबारे जानकारी गराएपछि उनीहरू फर्किएका थिए। त्यसैबीच बुधबार मृतकका आफन्तले दुई चिकित्सकमाथि कुटपिट गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once