Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026
spot_img
27.1 C
Kathmandu

सरकार अब ढल्छ भनेको होइन तर यस्तै रवैया रहयो भन्ने टिक्दैन :पूर्वप्रधानमन्त्री खनाल

spot_img

जनकपुर,२७ भदौ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकारको काम कारबाही ठिक नरहेको बताउँदै धेरै दिन टिक्न नसक्ने चेतावनी दिएका छन्।

बुधबार पार्टीको महिला संगठनले आयोजना गरेको तीज विशेष कार्यक्रमलाई सम्बोधन गर्न जनकपुर आइपुगेका पूर्वप्रधानमन्त्री खनालले पत्रकारहरूसँग उक्त चेतावनी दिएका हुन्। ‘सरकार अब ढल्छ भनेको होइन तर यस्तै रवैया रहयो भन्ने टिक्दैन। म अहिले पनि भन्छु’‚ उनले भने।

समाजवादी मोर्चाका कारण कांग्रेस सशंकित हुनुपर्ने कारण नरहेको बताउँदै खनालले गठबन्धनलाई मोर्चाभन्दा पनि सरकारबाट जोखिम रहेको बताए।

उनले संघीयतामा धेरै विकृति र जनतालाई मन नपर्ने देखिएकाले त्यसको विषयमा समीक्षा गरी सुधार गर्न आवश्यक रहेको समेत बताए।

खनालले गौर हत्याकाण्डका सम्पूर्ण मुद्दा खारेज गरिनुपर्छ भन्ने विषयमा समाजवादी मोर्चामा कुनै छलफल हुन नसकेको पनि बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once