Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026
spot_img
27.1 C
Kathmandu

बीरगन्जमा भाइरल डेंगुको प्रकोप देखिएसँगै महानगरपालिकाद्धारा ‘सर्च एण्ड डिस्ट्रोय अभियान’ सञ्चलन

spot_img

बीरगन्ज,२७ भदाै । बीरगन्जमा भाइरल ज्वरोसँगै डेंगुको प्रकोप देखिएसँगै बीरगन्ज महानगरपालिकाले डेंगु नियन्त्रण अभियान शुरु गरेको छ । बीरगन्ज महानगरपालिकाको स्वास्थ्य महाशाखा, सरसफाइ महाशाखा तथा नगर प्रहरी समेतको टोलीले हिजो देखि ‘सर्च एण्ड डिस्ट्रोय अभियान’ सञ्चालन गरेको छ ।

बीरगन्ज महानगरमा बर्सेनि फैलिने डेंगीको प्रकोपको मुख्य कारक टायर तथा गमलामा जम्ने पानी भएको हुँदा यस वर्ष पनि टायरमा जमेको पानी फाल्ने र व्यवसायीलाई टायरमा पानी जम्न नदिने गरी टायर भण्डारण गर्न सचेत गराइएको बीरगंज महानगरपालिकाका स्वास्थ्य महाशाखाका सहसंयोजक अनिशकान्त कुशवाहाले बताए ।
यससँगै स्थानीयको छतमा रहेका ओभर हेड ट्याङ्की, गमला, एसी, पानीका बोतल आदिमा डेंगु फैल्याउने लामखुट्टेको लार्भा खोजेर नष्ट गरिने अभियान समेत शुरु भएको कुशवाहाले बताए ।

बीरगन्ज महानगरपालिकाले डेंगी नियन्त्रणका लागि अविलम्ब औषधि छर्ने अभियान सञ्चालनको तयारी गरी रहेको महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले बताए । बीरगन्जमा लामो खडेरी पछि भएको वर्षालगत्तै डेंगीका बिरामी देखा पर्न थालेका हुन् ।

नारायणी अस्पतालका चिकित्सक एवम् सूचना अधिकारी डा उदयनारायण सिंहका अनुसार हाल नारायणी अस्पतालमा डेंगी संक्रमित दुई जनाको उपचार भई रहेको छ । बीरगन्जका सरकारी र महानगरका विभिन्न निजी अस्पतालमा समेत गरी ५ जना डेंगी संक्रमित भर्ना भएर उपचाररत रहेको सिंहले बताए । यस बाहेक घरमै बसेर औषधि सेवन गर्ने बिरामीको सङ्ख्या धेरै रहेको छ ।

अहिले नारायणी अस्पतालमा दैनिक बहिरङ्ग कक्षमा ३० र आकस्मिक कक्षबाट रिफर भएका १५ जना गरी ४५ जना भाइरल ज्वरोका बिरामी आउने गरेको र तीमध्ये केही डेंगीका बिरामी हुने गरेको सिंहले बताए ।

प्लेटलेट्स कम भएका र अत्यधिक सिकिस्त भएर आउने डेंगीका रोगी यस पटक कम रहेको भए पनि १ सय ४ डिग्रीसम्मको उच्च ज्वरो आउने, जिउ दुख्ने जस्ता लक्षण भएका बिरामी बढी रहेका छन् । केही वृद्धवृद्धाहरु बेहोस भएर आउने गरेको वरिष्ठ फिजिसिएन सिंहले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once