Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026
spot_img
29.1 C
Kathmandu

अतिक्रमण हटाउने महानगरको अभियान तिव्र, मनियारीमा चल्यो डोजर

spot_img

वीरगंज । सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने अभियानलाई वीरगञ्ज महानगरपालिकाले तिव्रता दिएको छ ।
सोही अभियानअन्र्तगत आज वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ मनियारीमा सडक अतिक्रमण गरि बनाइएका संरचनामा महानगरको डोजर चलेको छ । सार्वजनिक अतिक्रमण गरि बनेका संरचना नहट्दा सडक निर्माणमा अवरोध पुगेकाले महानगरले डोजर लगाएर हटाएको हो ।
गण्डक चोकबाट मनियारी हुँदै हाइवे जोड्ने सडक अहिले धमाधम निर्माणको क्रममा रहेको र सडकमा परेका संरचना नहट्दा मनियारीमा सडक निर्माणमा अवरोध आएपछि महानगरको टोलीले अतिक्रमण गरि बनेका संरचना हटाएको महानगरको भौतिक संरचना अतिक्रमण नियन्त्रण समितिका संयोजक समेत रहेका वडा नम्वर ५ का वडाअध्यक्ष प्रदीप चौरसियाले बताए ।
चौरसियाका अनुसार मनियारीमा ४ वटा पक्की घर र ३ वटा टहरा भत्काएर बाटो निर्माणको कामलाई अघि बढाइएको हो । महानगरका सचिवालय सल्लाहकार हरि पोखरेल, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, नगर प्रहरी प्रमुख हरि भुषाल लगायतको टोलीसहित डोजर परिचालन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once