पाेखरियाकाे प्रमुख प्रशासकिय अधिकृतमा उप सचिव सापकाेटा

spot_img

पोखरिया । पर्साको पोखरिया नगरपालिकाकाे प्रमुख प्रशासकिय अधिकृतमा उप सचिव देवेन्द्र सापकोटा हाजिर भएका छन् । साेमबार हाजिर भएका उनलाई नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले स्वागत गरेका थिए । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सप्ताह पहिला नै उप सचिव सापकाेटालाई पाेखरिया नगरपालिकाकाे प्रमुख प्रशासकिय अधिकृतमा सरुवा गरेपनि उनी साेमबार मात्र हाजिर भएका हुन् । उनलाई नगरपालिकाका मेयर प्रधुमन चाैहाले हाजिर गराएका थिए ।

त्यसपछि प्रमुख प्रशासकिय अधिकृत सापकाेटाले जनप्रतिनि तथा कर्मचारीसंग परिचात्मक कार्यक्रम गरेका थिए । परिचात्मक कार्यक्रममा वाेल्दै मेयर चाैहानले केही समयदेखि राेकिएकाे नगरपालिकाकाे काम अब गति लिने वताए । प्रमुख प्रशासकीय अधिकृत सापकोटाले आफुले कसैको दबाबमा नपर्ने र विकास निर्माणकाे कामकाज नियम/कानुन अनुसार अगाडी बढाउने वताए ।

मेयर चौहानको अध्यक्षतामा भएकाे परिचात्यमक कार्यक्रममा उप मेयर रूबी कुमारी ठाकुर, वडाध्यक्ष प्रमोद गिरी, केदार महतो चाई, रामप्रवेश प्रसाद चौहान, लक्ष्मण साह कानू, महेंद्र महतो चाई, प्रमानंद प्रसाद पटेल, किशोरी शाह तेली, नौशाद आलम, प्रशासन शाखा तथा शिक्षा शाखा प्रमुख विजय कुमार झा, लेखा शाखा प्रमुख मनदीप महतो, बन्दना खतिवडा लगायतकाे उपस्थिती रहेकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once