Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026
spot_img
25.1 C
Kathmandu

फेटा गाउँपालिका अध्यक्ष र अधिकृतको मिलोमतोमा कमिशनमा विभिन्न योजनाका सामान खरिद

spot_img

कलैया । बाराको फेटा गाउँपालिकामा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको मिलोमतोमा कमिशनमा विभिन्न योजनाहरु गोप्य रुपमा सम्झौता गरि सामानहरु खरिद गरेको पाइएको छ । अध्यक्ष रुस्तम अन्सारी र प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर कुमार सिंहले विभिन्न योजनाहरुलाई टुक्रा टुक्रा पारि २ देखि ५ लाखसम्म योजना बनाएर ४० देखि ५० प्रतिशत कमिशनमा आपूर्ति संस्थासँग नियम विपरित सामान खरिद गरेको पाइएको हो ।

गाउँपलिका कार्यालय अन्तरगत रहेका शिक्षा शाखा, स्वास्थ शाखा, जिन्सी शाखा, कृषि शाखा लगायत अन्य शाखा र कार्यालय परियोजनाको लागि कुनै समान खरिद गर्नु पर्दा २०६३ सार्बजनिक खरिद ऐन अनुसार समान खरिद गर्नु तथा सार्बजनिक निकायले तोकेको सिमा भन्दा बढि रकमको समान खरिद गर्नु पर्दा बार्षिक गुरु योजना बनाएर पारदर्शिता रुपले समान खरिद गर्नु पर्ने हुन्छ । तर अध्यक्ष अन्सारी र अधिकृत सिंहले कमिशनको लागि नियम विपरित आपूर्ति सँस्थासँग मिलोमतोमा अपारदर्शी रुपले समान खरिद गरेको बताइएको छ ।

कमिशनको लागि अध्यक्ष र अधिकृत मिली बार्षिक योजनालाई टुक्रा टुक्रा पारी २ देखि ५ लाखसम्म योजना बनाई आफ्नो सम्पर्कको आपूर्ति संस्थासँग कोटेशनको माग गरि गोप्य रुपमा सामान खरिद गरिएको गाउँपालिका श्रोतले जनाएको छ । कार्यालय परियोजनाको लागि खरिद एकाई शाखा, सार्बजनिक र गुणस्तरीय मुल्यांकन समिति बिना कार्यपालिका बोर्ड बैठकमा जनकारी नै नगराई दराज, हिटर, थर्मस, शिक्षा सम्बन्धि समान, स्वास्थ सम्बन्धि औषधि कृषि सम्बन्धि सामग्रीहरु, बिधुतीय सम्बन्धि सामग्रीहरु आर्थिक खरिद गरिएको छ । फेटा गाउँपालिका वडा नं ३ मा १५ लाखको टोपुरी ग्राइभेलमा अनियमितता गर्ने नियतले कुनै पारदर्शिता नगरिएको स्थानीय मदन पटेलले बताए ।

फेटा गाउँपालिकामा निर्वाचित अध्यक्षलाई चढ्नको लागि सरकारी गाडी भएपनि अध्यक्ष अन्सारीले भ्रष्टाचार गर्ने नियतले आफ्नो निजी गाडी चढिरहेका छन् । अध्यक्ष अन्सारीले आफुले चढने गाडी प्रदेश ३-२३ च ४६०६ भाईको नाममा नमसारी गरेर गाडीको भाडा प्रत्येक महिना रु ८० हजारको दरले बुझ्ने गरेको पाइएको छ । गाडी चलाउने ड्राइभलाई मासिक २० हजारको दरले दिइने गरिएको छ । बाहिरबाट हेर्दा अध्यक्षको निजी गाडी हो, त्यसमा परिवार पनि घुमाउन पाइन्छ तर भित्री रुपमा रहस्य अर्कै छ । अध्यक्षले गाउँपालिकाबाट सेवा सुविधा लिएर निजी गाडी आफ्नो निजी कामको लागि पनि प्रयोग गर्ने गरेका छन् भने परिवारलाई पनि सयर गराउने गरेको स्थानीयहरुको भनाई छ ।

गाडी विग्रेपछि बोर्डको निणर्य विना आफ्नो मनोमानी रुपमा बिल पेश गरेर पालिकाबाट पैसा बुझ्ने गरेका छन् । चालू आर्थिक वर्ष बित्न लागेपनि अहिलेसम्म खरिद इकाई शाखा र सार्बजनिक खरिद मुल्यांकन समितिको गठन नै नगरेर चालू आर्थिक बर्षमा अधिकांश योजना अबैध रुपामा सम्झौता गरेर बिकास निर्माण कार्यहरु भइरहेको छ । अध्यक्ष अन्सारीसँग अबैध सम्झौता बारे प्रतिक्रया लिदा योजनाहरु सम्झौताहरुमा केही त्रुटि भएको बताए । अध्यक्ष अन्सारीले तेलको कुपन पनि आफैसँग राख्ने गरेको र आफै कुपट काटेर आसेपासे कार्यकर्ताहरुलाई पनि बाँड्ने गरेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once