Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026
spot_img
18.1 C
Kathmandu

मुक्त हरवाचरवाकाे सवाल सम्बोधनको माग गर्दे गाउँपालिकामा ज्ञापन

spot_img

वीरगंज । पर्साको पकहाँ मैनपुर गाउँपालिकाका पालिका स्तरिय हारवाचारवा अधिकार मंचले आइतबार ७ बुदे मांग राख्दै गाउँपालिकामा ज्ञापन पत्र बुझाएको छ । हारवाचारवा अधिकार मंच पर्साकी कोषाध्यक्ष शोभा देवी राम तथा पालिका अध्यक्ष खुबलाल रामको अगुवाईमा दर्जनौ महिला तथा पुरुषहरुले पकहामैनपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राज कुश्वाहालाई ज्ञापनपत्र बुझाएका हुन । ज्ञापनपत्र बुझ्दै अधिकृत कुश्वाहाले यो समस्या देश भरीको भएकोले हामी आफनो पालिकाको लागी रायसल्लाह गरी समस्या सामाधान गर्ने बताए । ७ बुद्धे मांगलाई कुश्वाहाले अगामी आर्थिक बर्षको निती, कार्यक्रम र बजेटमा समेटन प्रयास गर्ने वताए ।

संघ र प्रदेश सरकार संगको समन्वयमा स्थानिय सरकारद्वारा मुक्त हरवाचारवाको वास्तविक तथ्यांक संकल्न गरी उनिहरुलाई बर्गीकृत परिचय पत्र प्रदान गर्न, मुक्त हरवाचारवाको शिक्षा, स्वास्थ्य र रोजगारीको अधिकार सुनिश्चित गर्न र लैगिंक भेदभाव बिना सबैलाई समान र उचित ज्याला सुनिश्चित गर्न, मुक्त घोषित मुक्त हरवाचारवाको सम्मपुर्ण शान्ति सुरक्षाको ब्यवस्था गर्न हरवाचरवा अधिकार मंचले माग गरेकाे छ ।

यसैगरी मंचले दिगो पुर्नस्थापना योजना जारी कार्यान्वयन गर्न र मुक्त हरवाचारवाको भुमी, खाना र आश्रयको अधिकार सुनिश्चित गर्नुका साथै महिला र बालबालिकाको अधिकारलाई प्रर्याप्त रुपमा सम्बोद्धन गर्न, सरकारका सबै नितीगत, निर्णय गर्ने तहहरुमा मुक्त हरवचारवाहरुको सामुनिपातीक र अर्थपुर्ण आवाज र प्रतिनिधीत्व सुनिश्चित गर्न, आगामी आर्थिक बर्षको निती, कार्यक्रम र बजेटमा हरवाचारवाको पक्षमा निती, कार्यक्रम र बजेट बिनियोजन गर्न लगायतकाे माग गरेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once