Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026
spot_img
18.1 C
Kathmandu

वीरगंजबाट नेपाली नक्कली नोटसहित दुई जना पक्राउ

spot_img

वीरगंज । पर्सा प्रहरीले नक्कली नेपाली नोटसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सर्लाहीको गौडाता नगरपालिका वडा नम्बर १२ मधुवनी निवासी ३४ वर्षीय आनन्द वर्दन सिंह र बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ३ निवासी ३६ वर्षीय ओमप्रकाश साह रहेका छन् । उनीहरुको साथबाट प्रहरीले झन्डै पाँच लाख रुपैयाँ बराबर नक्कली नेपाली नोट र दुई लाख रुपैयाँको सक्कली नेपाली नोट बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटेको संयुक्त टोलीले बुधबार दिउँसो उनीहरुलाई वीरगञ्ज-१६ स्थित चालिसफिट्टे सडकखण्डबाट सक्रिपियो गाडीसहित नियन्त्रणमा लिएको थियो । पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) निर्मल बुढाथोकीकाअनुसार केही व्यक्ति नक्कली नेपाली नोटसहित भारतबाट नेपाल प्रवेश गरिरहेको विशेष सूचनाको आधारमा प्रहरी परिचालन गरिएको थियाे । सोही क्रममा भारत तर्फबाट  वीआर ०१ पीजी ६५७७ नम्बरको भारतीय नम्बर प्लेट भएको स्कर्पियो गाडीलाई रोकेर चेकजाँच गर्दा नक्कली र सक्कली नोट बरामद भयो ।

सिंह र साहको साथबाट प्रहरीले १००० रुपैयाँ दरको ४८६ थान गरी चार लाख ८६ हजार रुपैयाँको नक्कली नेपाली नोट र १००० रुपैयाँ दरकै २०० थान गरी दुई लाख रुपैयाँको सक्कली नेपाली नोट बरामद गरेको डिएसपी बुढाथोकीले जानकारी दिए । हालसम्म गरेको अनुसन्धानअनुसार नक्कली नोटहरु भारतमा उत्पादन भएर नेपाल भित्रिने गरेको डिएसपी बुढाथोकीले बताए । ‘पक्राउ परेकाहरुसँग सोधपुछका आधारमा नक्कली नोटहरु भारतमा उत्पादन भएर नेपाल भित्रिने गरेको हामीले पाएका छौँ,’ उनले भने”

पक्राउ परेकाहरुविरुद्ध मुद्रा सम्बन्धी कसुरमा (नक्कली मुद्रा प्रयोगमा ल्याउन नहुने) जिल्ला अदालत पर्साबाट सात दिनको म्याद थप गराई अनुसन्धान अगाडि बढाइएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once