Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026
spot_img
18.1 C
Kathmandu

वीरगंज महानगरको पक्षमा अदालतको फैसला, अंग्रेजी माध्यममा पठनपाठन गराउने बाटो खुल्यो

spot_img

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकालाई महानगरमा रहेका चार वटा विद्यालयमा पूर्ण रुपमा अ‌ंग्रेजी माध्यममा पठनपाठन गराउने बाटो खुलेको छ । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले सर्वसाधारणका छोराछोरीले समेत निशुल्क अंग्रेजी माध्यममा पठनपाठन गर्न पाउने मनसायले महानगरले ४ वटा विद्यालयमा अंग्रेजी माध्यम सुरु गरेको देखिएको भन्दै यस अघि गरेको अल्पकालिन आदेस खारेज गरेसँगै पठनपाठन गराउने बाटो खुलेको हो ।

अदालतले गएको १४ गते महानगरले अघि बढाएको योजना तत्कालका लागि यथास्थितिमा राख्न अल्पकालिन आदेस दिँदै बिहीबारका लागि छलफलमा बोलाएको थियो । बिहीबार दुबै पक्षको बहस पछि अदालतले अल्पकालिन अन्तरिम आदेश निरन्तरता दिइरहनु पर्ने नदेखिएको भन्दै नियमानुसार गर्न आदेश दिएको हो । पूर्ण रुपमा अंग्रेजी माध्यमको पठनपाठन गराउने महानगरको निर्देशनबिरुद्ध अभिनय गुप्ताले वीरगञ्ज महानगरसहितलाई बिपक्षी बनाई उच्च अदालतमा उत्प्रेरण परमादेशको रिट दायर गराएका थिए ।

बिहीबार उक्त रिटमाथि सुनुवाई गर्दै अदालतका न्यायाधीश लेखनाथ पौडेल र सुदर्शनदेव भट्टको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । महानगरको तर्फबाट अधिक्ता कमलमोहन पोखरेल, प्रमोद प्रसाद र कानुन अधिकृत ईशवर बरालले  बहस गरेका थिए भने निवेदकको तर्फबाट अधिवक्ता सुधिर कुमार कर्णले बहस गरेका थिए । वीरगञ्ज महानगरपालिकाले यसै शैक्षिक सत्रबाट त्रिजुद्ध, नृसिंह, माइस्थान विद्यापीठ र सिदार्थ माविमा पूर्ण रुपमा अंग्रेजी माध्यममा पढाउन सुरु गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once