Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026
spot_img
18.1 C
Kathmandu

जनमत पार्टी पर्साको बिस्तारित बैठक सम्पन्न

spot_img

वीरगंज । जनमत पार्टी पर्साको बिस्तारीत बैठक बिहिवार वीरगंजमा सम्पन्न भएको छ । वीरगंजस्थित क्लासिक बैन्केटमा बसेको बैठक पार्टीका केन्द्रिय अध्यक्ष डा. सिके राउतको प्रमुख आतिथ्यतामा वीरगंजमा बृहत पार्टी प्रवेश कार्यक्रम गर्ने निर्णय गरेको छ ।

त्यसैगरी बैठकले पार्टीलाई जिल्लाको प्रत्येक वडा र टोल सम्म बिस्तार गर्ने, वर्गीय संगठनहरु र बिभागहरुलाई चुस्त दुरुस्त र पुनःगठन गर्ने, जनसरोकारकाका मुद्दा र समस्याहरुलाई उठान गरि संघर्स र पहल मार्फत सरोकारवालाहरु संग सम्बोधन गर्ने, गराउने लगायतको निर्णय गरे जनमत पार्टी पर्साका संयाेजक ओमप्रकाश सरार्फले जानकारी दिए ।

जिल्ला संयोजक सरार्फको अध्यक्षतामा बसेको बैठकमा सह इन्चार्ज मुकेश दिवेदी, जिल्ला सह संयोजक रामजी रौनियार, श्याम चौरसिया, डा अजय यादव, अधिवक्ता हरिहर साह कानु,अजय चौरसिया, महिला नेताहरु अनिता रौनियार, अन्जना गुप्ता, राजेश चौरसिया लगायतको उपस्थित रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once