Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026
spot_img
18.1 C
Kathmandu

मेयर सिंहले गरे नारायणी अस्पतालको निरीक्षण, बन्द आई.सी.यू.संचालन गर्न सहयोग गर्ने

spot_img

वीरगंज । नारायणी अस्पतालको बन्द अवस्थामा रहेको २३ बेडको आई.सी.यू. वार्ड वीरगञ्ज महानगरपालिकाको सहयोगमा संचालनमा आउने भएको छ । महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बुधबार अस्पतालको अनुगमन गर्नुहुँदै बन्द अवस्थामा रहेको आई.सी.यू.वार्ड आउँदो आइतबारबाट पूणर् क्षमतामा संचालनमा ल्याउन आवश्यक जनशक्ति सहयोग गर्ने बताउनु भयो । आई.सी.यू. संचालनमा ल्याउन २८ जना जनशक्ति आवश्यक पर्ने अस्पतालले जनाएको छ । यस्तै अस्पतालको प्रसुती गृहमा बिरामीलाई सहज सेवा प्रदानका लागि आवश्यक संरचना निर्माण गर्न पनि महानगरले आउँदो अर्थिक वर्षमा लगानी गर्ने महानगर प्रमुख सिंहले बताउनु भयो । अस्पतालमा आउने बिरामीहरुलाई उपचारमा कुनै कमी नराख्न पनि उहाँले चिकित्सक, स्वास्थ्यकर्मीलाई आग्रह गर्नु भयो ।
अनुगमनमा पुग्नु भएका नगरप्रमुक सिंहलाई अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चित्तरन्जन साहले अस्पतालको समसामयिक विषयमा जानकारी गराउनु भएको थियो । अस्पतालको निरीक्षणमा महानगर पालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, नगर प्रमुखको सल्लाहकारद्व्य प्रकाश अमात्य, महेश दास, नर्सिङ प्रमुख हेमा थापा लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once