Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026
spot_img
19.1 C
Kathmandu

वीरगंजमा ओलीको पुत्ला दहन

spot_img

वीरगंज । पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्ध अभिव्यक्ति दिएको भन्दै वीरगंजमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ । राजावादी समूह नेपाल राष्ट्रवाद सङ्घले साेमबार दिउसाे वीरगंजकाे घण्टाघरमा उनकाे पुत्ला दहन गरेको हो । नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले राजसंस्था र पूर्व राजासहित राजपरिवारसमेत प्रति लक्षित गर्दै अपशब्द प्रयोग गरेर सार्वजनिक अभिव्यक्ति दिँदा राजसंस्थको अपमान र राजपरिवारसंग दुर्व्यवहार भएकोले पुत्ला दहन गरिएको सङ्घका अध्यक्ष जनकलाल साहले बताए ।

पूर्वका जिल्लामा भएको कार्यक्रममा गएका बेला ओलीमाथि आक्रमणको प्रयास भएपछि उनले आइतबार एक सार्वजनिक कार्यक्रममा बोल्दै आक्रमण राजसंस्था र पूर्व राजपरिवारका व्याक्तिहरुको संलग्नता भएको अभिव्यक्ति दिएका थिए । त्यहि अभिव्यक्तिप्रति असन्तुष्टी जनाउँदै वीरगंजमा सोमबार ओलीविरुद्ध प्रदर्शन र नाराबाजी गर्दै पुत्ला जलाएर विराेध प्रर्दशन भएकाे हाे । प्रदर्शनमा सङ्घका पृथ्वी झा, शम्भु चौरसिया, उमाशङ्कर प्रसाद, राजेश प्रसाद चौहान, राजेन्द्र पाल, वीरेन्द्र थापालगायतको सहभागीता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once