Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026
spot_img
19.1 C
Kathmandu

सखुवाप्रसौनीमा दुध संकलन केन्द्र सञ्चालनमा

spot_img

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा दुध संकलन केन्द्र सञ्चालनमा आएको छ । सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले एक कार्यक्रमका बिच शनिवार अटल कृषि सहकारी संस्था लिमिटेडको उद्घाटन गरेका हुन् ।
अटल कृषि सहकारी संस्थाको उद्घाटन गर्दै अध्यक्ष यादवले सहकारी संस्थाले कृषकको हितमा काम गर्ने विश्वास व्यक्त गरे । किसानको उत्पादनलाई सहज रुपमा बजारीकरण गर्ने गाउँपालिकाको पनि उद्देश्य रहेको बताउँदै उनले गाउँपालिकाले पनि सहकारी संस्थालाई समन्वय र सहकार्य गर्ने बताए । दुध संकलन केन्द्र सञ्चालनमा आएसँगै स्थानीय दुध उत्पादनमा प्रेरित हुने अध्यक्ष यादवको विश्वास छ । दुग्ध विकास संस्थान (डिडिसी) हेटौडाका प्रमुख नविन शर्माका अनुसार उक्त सहकारीमा आउने दुध डिडिसीले नै खरिद गर्नेछ । दुध उत्पादन गरेरै राम्रो आम्दानी गर्न सकिने बताउँदै शर्माले दुध उत्पादन गर्न कृषकहरुलाई आग्रह गरे । उत्पादन बढ्दै गएपनि बजारको अभाव नहुने आश्वासन उनले दिलाएका छन् ।
गाई भैंसी पालक कृषक नावालक मियाँले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा डिडिसीका संकलन प्रमुख रुपलाल यादव, सखुवाप्रसौनी गाउँपालिका कृषि शाखाका दयाराम वाग्ले लगायत स्थानीय कृषकहरुको उपस्थिती रहेको थियो । दैनिक पाँच सय लिटर दुध संकलन गर्दै आएको कृषि सहकारी संस्थाले यही महिनाभित्र १५ सय पुर्‍याउने लक्ष्य राखेको संस्थाका अध्यक्ष दिपेन्द्र महतो कोइरीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once