Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026
spot_img
19.1 C
Kathmandu

पाेखरियामा कानु समाजकाे नगर कार्य समिति गठन

spot_img

पाेखरिया । पर्साकाे पोखरिया नगरपालिकामा कानु समाज नेपालको पोखरिया नगर कार्यसमिति गठन गरिएको छ । शनिबार सम्पन्न कानु जातिकाे स्वजातिय भेलाले लक्ष्मण साह कानुकाे अध्यक्षतामा नगर कार्य समिति गठन गरेको हाे । समितिकाे उपाध्यक्ष शिवपुजन साह, सचिवमा मुखी साह कानु र कोषाध्यक्षमा शैलेश साह कानु रहेका छन् ।

कानु समाज नेपालका केन्द्रीय अध्यक्ष हरिहर प्रसाद साह कानुकाे प्रमुख आतिथ्यमा भएको भेलामा कानु समाजका जिल्ला अध्यक्ष रामबाबु साह कानु, किशोरी साह कानु, शम्भु साह कानु, पदार्थ साह कानु, लक्ष्मी साह कानु, रामदयाल साह कानु लगायतकाे पनि उपस्थिति रहेको थियाे। भेलामा हनुमान फर्निचर उद्योगका सञ्चालक लक्ष्मी साह कानुले कानु समाजकाे पोखरिया नगर कार्य समितिको नाममा कोष स्थापना तथा बैंक खाता संचालनका निम्ति ५ हजार १०५ रुपैयाँको चेक नगर अध्यक्ष लक्ष्मण साह कानुलाई प्रदान गरेकाे काेषाध्यक्ष शैलेश साह कानुले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once