Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026
spot_img
22.1 C
Kathmandu

प्राकृतिक प्रकोपबाट हुने क्षति राेक्न सरकार गम्भीर भएन : प्रभु साह

spot_img

वीरगंज । आम जनता पार्टीका अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य (सांसद) प्रभु साहले प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिलाई न्यूनीकरण गर्न सरकरको पूर्व तयारी अपर्यात्प रहेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद साहले यस्तो बताएका हुन् । साहले प्राकृतिक प्रकोपबाट हुने क्षति रोक्न सरकार गम्भीर नबनेको आरोपसमेत लगाए । उनले प्राकृतिक प्रकोपबाट हुने क्षति रोक्न के भइरहेको छ ? भन्दै सरकारलाई प्रश्न समेत गरे ।

साहले भने, ‘दिनदिनै आगलागीका घटना भइरहेका छन् । कुनै दिन छैन आगलागीका घटना नभएको दिन । आगलागी सुन्न नपरोस् । अहिले मात्रै बर्सेनि आगलागीका घटना दोहोरिरहन्छन् । बर्सेनि बोल्छौं तर, केहि गर्दैन सरकारले ।’ आगलागी पीडितहरूले न्याय नपाएको उनकाे भनाई थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once