Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026
spot_img
22.1 C
Kathmandu

परशुराम जन्मोत्सवको अवसरमा प्रसाद तथा सर्बत वितरण

spot_img

वीरगंज । नेपाल मारवाडी ब्राह्मण मण्डल वीरगंजले भगवान श्री परशुराम जीको जन्मोत्सवको शुभ अवुसरमा पुजा अर्चना, प्रसाद एवं सर्बत वितरण गरेको छ । महावीरस्थान स्थित मुख्य सडकबाट आवत जावत गर्नेहरुलाई रोकेर लिचि जुस वितरण गरिएको ब्राह्मण मण्डल वीरगंजका सचिव शुभाष शर्मा (दाधीच) ले जानकारी दिए ।

उनका अनुसार सर्वसाधारणहरुलाई ५ सय पिस लिचिको जुस वितरण गरिएको थियो । मण्डलका अध्यक्ष मनोज शर्माको अध्यक्षतामा आयोजित प्रसात एवं सर्बत वितरण कार्यक्रममा सचिव सुभाष शर्मा (दाधीच), उपाध्यक्ष संजय शर्मा, रमेश शर्मा, सह कोषाध्यक्षमा संजिव शर्मा, सदस्यहरु मदन शर्मा लगायतका समाजका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विशेष अतिथि वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह लगायत मण्डलका पदाधिकारी सदस्यहरु आफै सडकबाट हिँड्ने सर्वसाधारण यात्रुहरुलाई रोकेर प्रसाद तथा सर्बत वितरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once