Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026
spot_img
24.1 C
Kathmandu

सिर्सिया प्रदुषण नियन्त्रणमा सहयोग गर्न उद्योग मन्त्रीलाई मेयर सिंहकाे आग्रह

spot_img

वीरगंज । वीरगंज महानगरपालिकाले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालाई सम्मान गरेको छ । मन्त्री भएपछि गृहजिल्ला आएका रिजाललाई मेयर राजेशमान सिंहले बिहीबार आफ्नै कार्यकक्षमा स्वागत तथा सम्मान गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका हुन् ।

मन्त्री रिजालाई सम्मान गर्दै मेयर सिंहले वीरगंजकाे लाइफलाइनको रुपमा रहेको सिर्सिया नदीमा उद्योगबाट भइरहेको प्रदुषण नियन्त्रणका लागि आफूले प्राथमिकताका साथ काम गरिरहेको र त्यसमा मन्त्रालयको सहयोगको आवश्यकता रहेको बताए । वीरगंजमा नयाँ औद्योगिक क्षेत्रको विकास तथा उद्योग ग्राम स्थापनाको काम हुनेमा आफू विश्वस्त रहेको भन्दै मेयर सिंहले यहाँका औद्योगिक समस्या समाधानमा पनि मन्त्री रिजालको ध्यानाकर्षण गराए । बजेट अभावमा नागरिकमुखि योजनाहरु कार्यान्वयनमा लैजान कठिन भएको भन्दै त्यसमा पनि आवश्यक साथ र समन्वय गरिदिन मेयर सिंहले आग्रह गरे ।

नवनियुक्त मन्त्री रिजालले सिर्सिया नदी प्रदुषण नियन्त्रणका लागि महानगरले गरिरहेको प्रयास सह्रानीय रहेको भन्दै त्यसमा मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । ‘धेरै वर्ष पहिले आमाले पनि यो नदीमा छठका बेला पुजा गर्नुभएको मलाई सम्झना छ,’ उनले भने, ‘अहिले त नदीको पानी धेरै कालो देखिन्छ, गन्हाउने पनि भएको छ, यसलाई स्वच्छ बनाउन महानगरले गरिरहेको प्रयास राम्रो छ, मन्त्रालयबाट मैले गर्नु पर्ने सहयोग गर्न म तयार छु ।’ उनले उद्योग ग्राम निर्माणका लागि आफूले सकेको पहल गर्ने र एक पटक मन्त्रालयमा आउन निम्ता दिँदै सचिवहरुसँगै राखेर आवश्यक व्यवस्था मिलाउन लगाउने बताए ।

सम्मान कार्यक्रममा महानगर उपप्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल, विभिन्न वडाका वडाअध्यक्षहरु लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once