Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026
spot_img
24.1 C
Kathmandu

परिवर्तन नेपाल फाउन्डेसनकाे कार्यालय उदघाटन

spot_img

वीरगंज । समाजिक संस्था परिवर्तन नेपाल फाउन्डेसनले आजदेखि आफ्नाे कार्यालय संचालनमा ल्याएकाे छ । वीरगंजकाे माइस्थान नजिक दुई नम्बर राेडमा संचालनमा आएकाे कार्यालयकाे साेमबार एक कार्यक्रमकाे बिच उदघाटन गरिएकाे हाे । कार्यक्रमका प्रमुख अतिथी जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक निर्मल बुढाथाेकीले कार्यालयकाे उदघाटन गरेका हुन् ।

संस्थका अध्यक्ष रणधिर वर्णवालकाे अध्यक्षतामा भएकाे उदघाटन कार्यक्रममा भारत रक्सौलका इन्सपेक्टर मनोज शर्मा, सब इन्सपेक्टर अनिल शर्मा सहित बिभिन्न संघ/संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरुकाे उपस्थिति रहेकाे‍ थियो । यस अघि संस्थाका पदाधिकारी तथा सदस्यहरुले कार्यालयकाे पुजापाठ गरेका थिए । समाजिक कार्यमा सक्रिय रहेकाे संस्थाकाे काम काज व्यवस्थित गर्न कार्यालय संचालनमा ल्याइएकाे संस्थाका सचिव बिशेष साहले वताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once