Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026
spot_img
24.1 C
Kathmandu

उपेन्द्रकाे पक्षमा माहाेल बनाउन बारा आउँदै गठबन्धनका शिर्ष नेता

spot_img

वीरगंज । आसन्न वैशाख १० गते हुनगइरहेको उपनिर्वाचनलाई लक्षित गर्दै बारा निर्वाचन क्षेत्र नम्बर २ मा पाँच दलीय गठबन्धनका शिर्ष नेताहरुको उपस्थितिमा वृहत चुनावी सभा हुने भएको छ ।

बार-२ मा पाँच दलीय गठबन्धनबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बनेका जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवको पक्षमा माहोल बनाउन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का शिर्ष नेताहरुको उपस्थितिमा महागढीमाई नगरपालिकास्थित बरियारपुरमा चुनावी सभा हुनलागेको हो । चुनावी सभाको मिति वैशाख ७ गते तोकिएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । सभा बिहान ११ बजे सुरु हुने जसपाले जनाएको छ ।

चुनावी सभामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर लगायत गठबन्धन दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once