Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026
spot_img
26.1 C
Kathmandu

खेलकुदसमाचारस्थानिय जगरनाथपुरमा प्रथम अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट सुरु, मन्त्री रिजालद्वारा उदघाटन

spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकामा प्रथम अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट सुरु भएकाे छ । जगरनाथपुर गाउँपालिकाकाे आयाेजनामा सुरु भएकाे टुर्नामेन्टकाे नेपाल सरकारका उद्याेग वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजालले उद्घाटन गरेका हुन् । मदुवाहा क्रिकेट मैदानमा सुरु भएकाे टुर्नामेन्टकाे उदघाटन गर्दै मन्त्री रिजालले खेलाडीहरुलाई अनुशासित भएर खेल्न आग्रह गरे । उनले खेलाडी देशकाे गहना भएकाे वताउँदै खेलाडी जहिले पनि अनुशासित हुनु पर्ने वताए ।

गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवकाे अध्यक्षतामा भएकाे उदघाटन कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति एवम् प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्री, कांग्रेस मधेश प्रदेशका महामन्त्री बृहस्पती कृष्ण श्रेष्ठ, नेपाली कांग्रेस पर्साका सह सचिव नविन सिंह, जगरनाथपुर गाउँपालिकाकी उपाध्यक्ष बबिता सिंह, मन्त्री रिजालका स्वकिय सचिव राकेश यादव, प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन राय, वडाध्यक्ष सुभाष साह लगायतकाे सहभागिता रहेकाे थियाे ।आइतबार भएकाे उदघाटन खेलमा जगरनाथपुर गाउँपालिकाकाे वडा नं. ५ मसिहानी विजयी भएकाे छ । जगरनाथपुर गाउँपालिकाकाे वडा नं. २  जानकीटाेलालाई हराउँदै वडा नं. ५ विजयी भएकाे आयाेजकले जनाएकाे छ ।

१४ ओभरकाे खेलमा टच हारेर ब्याटिङ गरेकाे वडा नं. २ जानकीटाेलाले १३ ओभर मै पुरै विकेटकाे नाेक्सानीमा १३४ रन बनाएकाे थियाे । त्यसपछि जवाफी ब्याटिङमा उत्रेकाे वडा नं. ५ मसिहानीले १० ओभर मै २ बलमा ४ विकेटकाे नाेक्सानीमा लक्ष्य पुरा गर्दै जित हाँसिल गरेकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once