Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026
spot_img
26.1 C
Kathmandu

आफ्नै जिल्लामा परीक्षा केन्द्र ल्याउन नसकेपछि क्याम्पस प्रमुखले दिए राजीनामा

spot_img

वीरगञ्ज । वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डाक्टर उमेश प्रसाद चौरसियाले राजीनामा दिएका छन् । क्याम्पसको परिक्षा केन्द्र पर्सा जिल्ल बाहिरको क्याम्पसमा सारिएको विरोधमा विद्यार्थीहरुले आन्दोलन गरेपछि आइतबार चौरसियाले क्याम्पस प्रमुख पदबाट राजीनामा दिएका हुन् । त्रिभुवन विश्वविधालयका उपकुलपति तथा त्रिवि कार्यकारी परिषदका अध्यक्षलाई इमेलमार्फत राजीनामा पत्र पठाउँदै क्याम्पस प्रमुख पदबाट राजीनमा दिएको चौरसियाले बताए । उक्त राजीनमाम पत्रमा चौरसियाले स्वास्थ्य प्रतिकुलताका कारण आफुले राजीनमा दिएको उल्लेख गरेका छन् ।

तर टेलिफोन संवादमा कुरा गर्दै चौरसियाले अन्त सारिएको परिक्षा केन्द्र क्याम्पसमै फिर्ता ल्याउन आफु असमर्थ भएपछि विद्यार्थीहरुले आन्दोलन गरेकाले आफ्नो कारणले विद्यार्थीहरुको परिक्षामा बाधा व्यवधान नहोस् भनेर राजीनामा दिएको बताए । ठाकुरराम क्याम्पसको परिक्षा केन्द्र अन्तको क्याम्पसमा नसारि यहि क्याम्पसमा कायम राख्नका लागि आफुले त्रिविका रजिष्टार र कन्ट्रोलरलाई भेटेर पटक पटक आग्रह गर्दापनि सुनुवाइ नभएको उनले बताए । उनले भने, ‘एक परिक्षा केन्द्र तोक्ने कार्य राष्ट्रिय परिक्षा बोर्ड र त्रिविका रजिष्टारको हो, त्यसमा क्याम्पस प्रमुखको कुनै भूमीका नै हुदैन, तैपनि विद्यार्थीले तालाबन्दी नै गरेर आन्दोलन गरे, मेरो राजीनामा नआएसम्म परिक्षा शाखाको ताल्चा नै नखोल्ने अडान दिए, त्यसकारण म नै किन बाधक बन्ने भनेर राजीनामा दिएको हुँ ।’

चौरसियाले २०७७ चैत १२ देखि क्याम्पस प्रमुखको कार्यभार सम्हालेका थिए । मंगलबारदेखि सुरु हुने बिएड प्रथम वर्ष र बुधवारदेखि हुने बिबिएस प्रथम वर्षको परीक्षाको केन्द्र बाराको कलैया र सिमरामा परेपछि ठाकुरराम बहुमुखी क्याम्पसमा विद्यार्थीहरुले आइतबार परीक्षा शाखामा तालाबन्दी गरि क्याम्पस प्रशासनका विरुद्धमा नाराबाजी पनि गरेका थिए । बिबिएस र बिएड प्रथम वर्षको परीक्षा केन्द्र बाराको कलैयास्थित रामराजा कलेज र सिमरा कलेजमा परेपछि त्यसको विरोधमा विद्यार्थीहरुले आन्दोलित भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once